ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

वीरगन्ज : वीरगन्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका– २२ सिताराम चोकमा शुक्रबार बिहान सडकमा रोकिएको एचआर५५के ३९७१ नम्बरको ट्रकमा बा. प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। 

मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमहियाका २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादव रहेका छन्।

दुर्घटनामा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएकोमा नारायणी अस्पतालमा उपचारका क्रममा रामाकान्त र विजयको मृत्यु भएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। गम्भीर घाइते २२ वर्षीय युवक विजयकुमार यादवको नारायणी अस्पतालमै उपचार जारी भइरहेको प्रहरीले जनाएको छ। 

ट्रकका चालक फरार भएकाले खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.