अल्ट्रासाउन्ड गर्न जाँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस्
पेटको अल्ट्रासाउन्ड गर्न जाँदै हुनुहुन्छ ? त्यसो हो भने आधा घण्टाअगाडि नै पानी पिउनु होस्। पेटको अल्ट्रासाउन्ड गर्न आउँदा आधा घण्टा अगाडि पानी पिएर पिसाब रोकेर जानु पर्दछ। पिसाब रोकेको छ भने पानी पिउनु पर्दैन। तीन महिना नाघेको गर्भवती महिलाले भने पिसाब रोक्नु हुँदैन।
– पित्तथैली हेर्नको लागि सो दिन माछा, मासु, तेल, घिउ, दूध हालेको चिया कफी, दूध सकेसम्म खानु हुँदैन।
– पेटको अल्ट्रासाउन्ड गर्न जाँदा पटुका नलगाई जानु पर्छ।
– थाइराइड ग्ल्यान्ड, टेस्टिज, ब्रेस्ट, टीभीएस, औंला र घाँटीको अल्ट्रासाउन्ड गर्न जाँदा खालि पेट अथवा पिसाब रोक्नु पर्दैन।
– अल्ट्रासाउन्ड गर्न आउँदा रिपोर्ट छ भने लिएर जानु पर्छ।
– अल्ट्रासाउन्ड गर्न जाँदा कम्तीमा ५ घण्टा जति पेट खाली हुनु पर्दछ।
प्रतिक्रिया दिनुहोस !