निजामती विधेयक प्रतिनिधिसभामा पेस
काठमाडौं : ‘संघीय निजामती सेवासम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका हुन्।
विधेयक पेस गर्दै खतिवडाले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको बताए। दुई वर्षको कुलिङ पिरियड राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको उनले बताए।
प्रतिनिधिसभाको अर्को बैठक असार २ गते सोमबार बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस !