रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बनस्थलीमा
काठमाडौं : सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय समिति बैठक पार्टी मुख्यालय बनस्थलीमा सुरु भएको छ ।
चितवनमा भएको प्रथम महाधिवेशनपछि आज पार्टी मुख्यालयमा केन्द्रीय समितिको पहिलो बैठक बसेको छ ।
यसअघि पार्टी सभापति रबि लामिछानेले नव निर्वाचित केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए । रास्वपा पहिलो महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । रास्वपाको पहिलो महाधिवेशन असार ७ गते चितवनमा सुरु भएको थियो । ६ दिनसम्म चलेको महाविधेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिएका हुन् ।
सभापति लामिछानेले महाधिवेशनस्थलमै शपथ लिएका थिए । त्यस्तै, सभापतिमा लामिछाने र उपसभापतिमा डा.स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन् । रास्वपाका वरिष्ठ नेतासहित ११ पदाधिकारी मनोनीत हुने व्यवस्था छ । यस्तै, सभापति लामिछानेले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस !