माओवादीको विरोधपछि कर्णालीको बजेट अनिश्चित

माओवादीको विरोधपछि कर्णालीको बजेट अनिश्चित

वीरेन्द्रनगर :  सत्तापक्षले बजेटमा एकलौटी गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र उपस्थित नभएपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ। दिउँसो ३ बजेलाई बोलाइएको बैठक माओवादीको विरोधपछि रोकिएको हो। प्रदेश सभामा बजेट प्रस्तुत गर्न ३ बजे बोलाइएको बैठक बेलुका ७ बजेसम्म सुरु हुन सकेको छैन। 

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सत्तापक्षले एकलौटी बजेट प्रस्तुत गर्न खोजेपछि विरोध जनाएको बताए। उनका अनुसार प्रदेश सरकारको योजना बैंकको औचित्यमाथि समेत प्रश्न उठेको छ। सरकारले एकलौटी ढङ्गबाट बजेट ल्याउने प्रयास गरिरहेको छ। योजना बैंकमा कुन-कुन योजना समावेश गरिएको छ भन्ने विषय अहिलेसम्म प्रतिपक्ष अनविज्ञ छ। यसले गम्भीर आशंका उब्जिएको छ। 

प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सभामा बजेट ल्याउन बोलाइएको बैठक सुरु गर्नका लागि नेपाली कांग्रेस नेकपा एमाले र नेकपा माओबादी केन्द्र गरी तीन दलको बैठक सकिएको छ। उक्त बैठकपछि माओबादी केन्द्रका प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा आफ्नो दल भित्र छलफलमा जुटिरहेका छन्।

माओवादी केन्द्रको संसदीय दलको बैठक सकिएपछि सहमति भए आजै प्रदेश सभा बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.