ढुंगानालाई कानुन मन्त्रालयको सचिवमा सरुवा
असार १, २०८२ आइतबार २०:४१:२७
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पाराश्वर ढुंगाना सिफारिस भएका छन्।
न्याय सेवा आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहेका ढुंगानालाई मन्त्रालयमा सरुवाका लागि सिफारिस गरेको हो।