न्याय, कानुन र सरकारी वकिल समूहका २६५ कर्मचारीहरूको सरूवा
काठमाडौं : न्याय सेवा आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका २६५ कर्मचारीहरूको सरूवा, बढुवा तथा पदस्थापनसम्बन्धी निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो।
निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पाराश्वर ढुंगाना सिफारिस भएका छन्।
त्यस्तै आयोगले न्याय समूहतर्फ राजप्रत्राङ्कित प्रचम श्रेणीका ३ जना, सरकारी वकिल समूहका ७ जना, न्याय सेवा समूहकै राजप्रत्राङ्कित द्वितीय श्रेणीका ७ जना, सरकारी वकिल समूह राजपत्राङ्कित द्वितीय श्रेणीका ५६ जना, न्याय समूह राजत्राङ्कित तृतीय श्रेणीका ५७ जना, सरकारी वकिल समूह र राजपत्राङ्कित तृतीय श्रेणीका ९७ जनालाई सरुवा गरेको हो।
प्रतिक्रिया दिनुहोस !