मन्त्रालयगत नै नछुट्ट्याई सुदूरपश्चिममा बजेट

मन्त्रालयगत नै नछुट्ट्याई सुदूरपश्चिममा बजेट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोडको बजेट ल्याएको छ । अबेर बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट सार्वजनिक गरेको छ । जसमध्ये ५९ दशमलव २५ प्रतिशत अथवा १९ अर्ब ८३ करोड २ लाख ६ हजार रकम पुँजीगततर्फ विनियोजन गरेको छ । यस्तै चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार रकम विनियोजन गरेको छ । यो कुल बजेटको ३० दसमलव ४९ प्रतिशत हो ।

सुदूरपश्चिममा सत्तारुढ दलहरूकै बीचमा बजेटबारे कुरा नमिल्दा दिउँसो १ बजेका लागि प्रस्तुत हुने भनिएको बजेट भाषण अपराह्न ५ बजे हुँदै ७ बजेसम्मका लागि सरेको थियो । राति ७ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा भौतिक पूर्वाधार मन्त्रालयका लागि मात्रै १५ अर्ब ४० करोड रकम विनियोजन गरिएको छ । यो भनेको प्रस्तुत बजेटको झन्डै आधा रकम हो । भौतिक पूर्वाधारमन्त्री र मुख्यमन्त्रीका बीचमा बजेटको सिलिङमा कुरा नमिल्दा बजेट प्रस्तुत गर्ने कार्य पनि ढिला भएको बताइएको छ ।

आर्थिक मामिलामन्त्री थापाले भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बाहेकका मन्त्रालयको कुल बजेट नै कति हो भन्ने कुरा बजेट वक्तव्यमै समेट्न सकेनन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका लागि भने ३ अर्ब ३० करोड १० लाख रकम विनियोजन गरिएको छ । 
संसद्को बजेट भाषण बजेटको अंकभन्दा पनि सैद्धान्तिक भाषण जस्तो देखिएको थियो । बजेटमा खासै नयाँ कुरा समेटिन सकेका छैनन् । कृषिका केही कार्यक्रमहरू आकर्षक देखिए पनि अरू मन्त्रालयका बजेटमा परम्परागत शैली नै देखिएको छ ।

कार्यक्रमहरू समेटिए पनि कति बजेटका हुन भन्ने कुरा पनि बजेट वक्तव्यमा नआउँदा बजेट भाषण खल्लो जस्तै भएको थियो । कृषितर्फ भने प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमा हरेक निर्वाचनमा २ बाली उत्पादनका लागि बजेट विनियोजन गरिएको छ । 

खेलकुदतर्फ एक जिल्ला एक क्रिकेट मैदानका लागि  १ करोड ३५ लाख विनियोजन गरिएको छ । कैलालीको टीकापुर र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्यको जनशक्ति थपिनेबाहेक स्वास्थ्यको क्षेत्रमा पनि नयाँ खासै कार्यक्रम देखिएन । लागुऔषध नियन्त्रण, शिशु कक्षाका शिक्षकलाई तालिम, कर्मचारी तालिम, अध्ययन अनुसन्धान जस्ता शैद्धान्तिक भाषणले बजेट भाषण खासै दमदार नआएको प्रतिक्रियाहरू आउन थालेका छन् ।

कार्यक्रमअनुसार बजेट अंकमा नआउँदा हतारहतारमा बजेट वक्तव्य तयार पारेको प्रष्ट झल्किन्थ्यो । केही मन्त्रालयहरूले शनिबार मात्रै बजेटको सिलिङ दिएकाले वक्तव्यमा दिनुपर्ने धेरै कुराहरू छुटेका थिए । 

आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले प्रस्तुत गरेको बजेट प्रणालीका चुनौतीबाटै पनि प्रदेशको बजेट दमदार नआएको भान हुन्थ्यो । उनले विगतको बजेटले प्रतिफल दिन नसकेको, आन्तरिक राजस्व संकलन बढाउन नसकेको, बहुबर्षीय योजनाहरूमा बजेटको अभाव हुने गरेको,  जस्ता चुनौती औंल्याएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.