धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश

धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि उनी हाजिर जमानीमा रिहा भएका थिए।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो। उक्त घटनासम्बन्धी मुद्दामा मुख्य कमान्डर भनिएका दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिइएको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान र ३२ जनालाई धरौटी जमानतमा छाड्न आदेश गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.