राष्ट्रिय टिममा किरण र रुपेशको डेब्यु
काठमडौं : नेपाल राष्ट्रिय क्रिकेट टिममा किरण ठगुन्ना र रुपेश सिंहले डेब्यु गरेका छन्। किरण राष्ट्रिय टिमबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने ५०औं खेलाडी भएका छन् भने रुपेश सिंह डेब्यु गर्ने ५१औं खेलाडी।
तितवुड क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका लागि आज विकेट किपरको रुपमा अनिल शाह रहेका छन्। पावरप्ले सकिँदा नेदरल्यान्ड्सले १ विकेट गुमाउँदै ५२ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !