नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को राउन्ड अफ १६ मा

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को राउन्ड अफ १६ मा
तस्बिर : फिफा

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को राउन्ड अफ १६ मा प्रवेश गरेको छ। स्टाडियो मोन्टेरेमा भएको खेलमा पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को विजयी भएको हो।

null

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले ७२ औं मिनेटमा गोल गरेको थियो । थप गरिएको इन्जुरी समयमा गोल फर्काउँदै मोरक्कोले खेललाई बराबरीमा ल्याएको थियो। त्यसपछि अतिरिक्त समयको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न सकेनन्। जसको फलस्वरूप खेल पेनाल्टी सुटआउटमा गएर निर्णायक बनेको हो।

पेनाल्टी सुटआउटमा मोरोकुली नेदरल्यान्ड्सलाई ३-२ ले पराजित गर्‍यो। दुवै टोलीका लागि २/२ खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्। पेनाल्टी सुटआउटमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने। उनले एक पेनाल्टी बचाउ गरे। 

मोरोक्कोको लागि पेनाल्टीमा सौफिन रहिमी, चेम्सडाइन ताल्वी र इस्माइला स्माइल साइबरीले गोल गरे। नेदरल्यान्ड्सको लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टोलेले मात्रै पेनाल्टीमा गोल गर्न सके। त्यसअघिको खेलमा नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले उत्कृष्ट फिनिस गरे। 

क्रिसेन्सियो समरभिलको क्रसमा गाक्पोले निकै राम्रो फिनिस गरे।‌ खेलको निर्धारित ९० मिनेटमा थप गरिएको ६ मिनेटको समयको पहिलो मिनेटमै मोरक्कोले गोल फर्कायो। मोरक्कोको लागि इसा डियोपले हेडर मार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.