नेदरल्यान्ड्सको पाँचौं विकेट पतन, सन्दीपलाई तेस्रो सफलता
काठमाडौं : नेदरल्यान्ड्सको पाचौं विकेट पतन भएको छ। सन्दीप लामिछानेले नोह क्रोयजको विकेट लिएका हुन्। यसअघि उनले एकै ओभरमा दुई विकेट लिएका थिए।
लामिछानेले सातौं ओभरमा २ विकेट लिएका हुन्। पावरप्लेमा १ विकेट गुमाउँदै ५२ रन बनाएको नेदरल्यान्डले ६.२ ओभरमा ओपनर माइकल लेभिटलाई बोल्ड आउट गरेका हुन्। त्यसपछि उनले ६.६ ओभरमा स्कट इड्वार्डलाई रुपेश सिंहको हातमा क्याच गराउँदै एकै ओभरमा २ विकेट लिँदै नेपाललाई खेलमा फर्काएका हुन्। ओपनर मिचेल लेभिट २० र कप्तान स्कट खोल्ने बित्तिकै पेभेलियन फर्किएका हुन्।
नेदरल्यान्ड्सले पहिलो विकेटको रूपमा ललित राजवंशीले म्याक्कस ओ डिओडलाई १९ रनमा करण केसीको हातमा क्याच हुँदै गुमाएको थियो। नेदरल्यान्ड्सले १५ ओभरको समाप्तिमा १०२ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !