प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री ओली असार १४ गते त्यसतर्फ प्रस्थान गर्नेछन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए। प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले जलस्रोत विधेयक फिर्ता लिने निर्णय गरेको छ। विधेयकका केही बुँदालाई स्वार्थ समूहले प्रभावित पारेको आशंकामा विधेयक फिर्ता लिइएको ती मन्त्रीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !