पावरप्लेमा नेपालले ३ विकेट गुमाउँदै ५४ रन बनायो
काठमाडौं : स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृखलाको पहिलो खेलमा नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै ५४ रन बनाएको छ। नेदरल्यान्ड्सले दिएको १५३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा ५४ रन बनाएको हो।
नेपालका ओपनर लोकेश बम डक आउट हुँदा तेस्रो क्रममा आएका अनिल कुमार शाह पनि खाता मात्रै खोल्दै पेभेलियन फर्किए। कुशलले ४.५ ओभरमा ३१ रन बनाउँदा बाउन्ड्री लाइनमा क्याच ड्रप हुँदा जीवनदान पाएका कुशल ५.२ ओभरमा ३४ रन बनाउँदै क्याच आउट भए।
नेपालका कप्तान रोहित पौडेल ११ र उपकप्तान दिपेन्द्र सिंह ऐरी १ रनमा क्रिजमा रहेका छन्। नेदरल्यान्ड्सका लागि काइल केलिन, बेन फ्लेच्चर र डेनिएल डोरमले १-१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !