स्नायुविज्ञानमा उत्कृष्ट सेवाका लागि उपेन्द्र देवकोटा पुरस्कार

स्नायुविज्ञानमा उत्कृष्ट सेवाका लागि उपेन्द्र देवकोटा पुरस्कार

उपेन्द्र देवकोटा फाउन्डेसनद्वारा सन् २०२३ मा पहिलो ल्भ्ग्च्इऋइल् सम्मेलनसँगै स्नायुविज्ञानमा उत्कृष्ट सेवाका लागि ‘उपेन्द्र देवकोटा पुरस्कार’ स्थापना गरेको हो । नेपालमा आधुनिक स्नायुरोग शल्यचिकित्साका पिता एवं प्रवर्तक प्रा.डा. उपेन्द्र देवकोटाको नाममा स्थापित यस फाउन्डेसनले उहाँको अधुरो कार्यलाई अघि बढाउने कार्य गर्दछ । 

प्रा.डा.देवकोटाको शैक्षिक आदानप्रदानमा विश्वास थियो । डा.देवकोटाका अनुसार, विज्ञानको वास्तविक विकास, सहकार्य, जिज्ञासा र विचार मन्थन तथा अनुसन्धान खुला रूपमा साझा गर्न सकिने वातावरण मात्र सम्भव हुन्छ । हरेक दुई वर्षमा, उहाँको पुण्यतिथिका दिन, हामी उहाँको सम्झनामा स्नायुविज्ञानको परिवर्तनका लागि एकत्रित हुन्छौं । 

सम्मेलनको उद्घाटन समारोहमा प्रा.डा.देवकोटाको उत्कृष्ट सेवा र आजीवन समर्पणलाई प्रतिबिम्बित गर्ने व्यक्तिलाई ग्म्ँ पुरस्कार प्रदान गर्ने परम्परा स्थापित गरिएको छ । nullमञ्जरी देवकोटा - ट्रस्टी, उपेन्द्र देवकोटा फाउन्डेसन

सन् २०२३ मा प्रदान गरिएको पहिलो पुरस्कार श्रद्धेय डा.दिनेशनाथ गंगोललाई प्रदान गरिएको थियो । डा.गंगोल प्रा.डा.देवकोटाका गुरु तथा दृढ समर्थक हुन् । डा.गंगोलले सन् १९८३ मा बेलायतको ग्लास्गोमा डा.देवकोटालाई स्नायु शल्यचिकित्साको तालिमको व्यवस्था गर्नुभएको थियो । प्रा.डा.देवकोटा मन्त्री भएको बेला वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सेस (नाम्स) स्थापना गर्नुभयो । त्यसका उपकुलपतिको रूपमा आफ्नै गुरु डा.गंगोलले देशको सेवा गर्नुभयो । नाम्स्ले गर्दा देशभरका सरकारी अस्पतालहरूमा चिकित्सकहरूले विशेषज्ञ शिक्षा पाउने वातावरण बन्यो । यसले सेवाको गुणस्तरीयतामा पनि धेरै योगदान गरेको छ । 

यस वर्ष हामी प्रा.डा. डेबिड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कारबाट सम्मानित गर्दै छांै । उहाँ प्रा.डा.देवकोटाका मित्र एवं सहकर्मी हुनुहुन्थ्यो । बेलायतको किविन्स मेडिकल सेन्टर, नोटिनहम युनिभर्सिटीमा वरिष्ठ स्नायु शल्यचिकित्सकबाट उहाँ सेवा निवृत्त हुनुभएको हो । 

प्रा.डा.होप नेपालमा १५ वर्षभन्दा बढी समयदेखि निरन्तर स्नायु शिक्षा प्रदान गर्न मद्दत गर्दै आउनुभएको छ । उहाँले वीर अस्पताल, नाम्स् देखि न्युरो अस्पताल बाँसबारीमा समेत सेवा प्रदान गर्नुभएको हो । उहाँको यस योगदानको कदर गर्दैै न्युरो अस्पताल बाँसबारीमा शैक्षिक भवन उहाँको नाममा समर्पित गरिएको छ । यो पुरस्कार प्रा.डा.उपेन्द्र देवकोटाको स्नायुविज्ञानको प्रवर्तनप्रतिको दृढ प्रतिबद्धता र अटल इच्छाशक्तिको निरन्तरताको प्रतीक हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.