रक्त अभाव पूर्ति कसरी हुन सक्छ ?

रक्त अभाव पूर्ति कसरी हुन सक्छ ?

रक्तदानका लागि जनचेतना फैलाई रक्त अभावलाई न्यूनीकरण गर्नुपर्छ । हरेक नागरिकलाई १८ वर्षदेखि नियमित रक्तदान गर्न उत्प्रेरित गर्नुपर्छ ।

जीवनयात्रामा कुन बेला आकस्मिक दुर्घटनामा परी घाइते भइन्छ, त्यसको कुनै टुंगो छैन । गम्भीर दुर्घटनामा परेर जटिल शल्यक्रिया गराउनुपर्ने हुन्छ त्यसको पूर्वानुमान गर्न सकिँदैन । त्यस्तै कुनबेला जटिल दीर्घकालीन रोगले आक्रमण गर्दछ त्यस्को पनि टुंगो छैन । आवश्यक समयमा चाहिएको रगत फेला पार्न नसकिएमा अल्पायुमै जीवन गुमाउनुपर्ने अवस्था आउन सक्छ ।  साथै रगत सजिलै किन्न पाउने वा उपलब्ध हुने सर्वसुलभ वस्तु पनि होइन । 

रगत त्यस्तो तत्त्व हो जस्को आवश्यकता विभिन्न रोगहरूको उपचार गर्दा, शल्य क्रियाहरूमा, दुर्घटना हुँदा होस् वा महिलाहरूको प्रसूति तथा अन्य विभिन्न अवस्थामा पर्दछ । रगत मानव शरीरको मुटु र रक्तनली शिरा, धमनीमा अविरल बगिरहने महत्त्वपूर्ण तरल पदार्थ हो । प्राकृतिक रूपमा रातो देखिने रगत, ४५ प्रतिशत कोषिका र ५५ प्रतिशत तरल (प्लाज्मा) को सम्मिश्रण हो । मानव शरीरमा नयाँ रगत बन्ने र पुरानो नष्ट हुने क्रम निरन्तर रूपमा चलिरहन्छ । सामान्यतया रातो रक्तकोष १२० दिनमा सेतो रक्तकोष १ साता लिम्फोसाइट १०० दिनमा र प्लेटलेटको ८ देखि १२ दिनमा चक्र पूरा हुन्छ र नष्ट हुन्छन् । 

शरीरका विभिन्न अंगप्रत्यंग र कोषलाई चाहिने पौष्टिक तत्त्वको वाहकको काम गर्दछ र रगतले शरीरको तापक्रम, पानीको मात्रा र पी.एच. स्थिर मात्रामा राख्दछ । साथै रातो रक्तकोषले फोक्सोबाट कोषहरूमा अक्सिजन पुर्‍याउने र कोषबाट फोक्सोमा कार्वनडाइअक्साइड फर्काउँदछ । सेतो रक्तकोषले विभिन्न रोगविरुद्ध प्रतिरोधकको काम गर्दछ र प्लेटलेटले रक्तस्रावमा रगत जम्नमा मद्दत गर्ने गर्दछ र क्लोटिङ तत्त्वले रगत जमाउँदछ रगतले श्वासप्रश्वासमा र काम नलाग्ने विषालु पदार्थ फ्याँक्नमा समेत सहयोग पुर्‍याउँदछ । दिमागमा ३ मिनेट रक्तसञ्चार नभए अपरिवर्तित नोक्सान दिमागका कोष तथा अंगहरूमा देखाउने भएकोले र त्यसैगरी ६ घण्टामा मुटु निष्क्रिय हुन पुग्ने भएकोले पनि रगतको महत्त्व प्रस्ट्याउँछ । 

रक्तदाताले दान गरेको रगत आजकल प्लास्टिकको विषाणुरहित थैलोमा संकलन गरिन्छ जस्मा रगत जम्न नदिन एसिड सिट्रट डेक्सट्रोज (एसीडी) वा साइट्रेड फोस्फेड डेक्सट्रोज (सीपीडी) राखिएको हुन्छ । संकलन गरिएको रगतलाई निश्चित तापक्रममा २१ दिनसम्म सुरक्षित राख्न सकिन्छ । भण्डारण गर्दा २४ घण्टापछि क्लोटिङ तत्त्व, २ देखि ३ दिनपछि सेतो रक्तकोष र १ हप्तापछि प्लेटलेट नोक्सान हुने गर्दछन् । 

कस्ता व्यक्तिले रक्तदान नगर्ने ?     
स्वस्थ शारीरिक तन्दुरुस्त र मानसिक सन्तुलन ठीक भएको कुनै व्यक्ति जस्को कम्तीमा १८ वष पूरा भएको, ४५ केजी वजन भएको, हेमोग्लोबिनको मात्रा १२ ग्राम भएको  हुनुपर्छ ।  जस्ले कम्तीमा तीन महिना पहिले रक्तदान गरेको हुनपर्छ । कस्ता व्यक्तिले रक्तदान  गर्नु हुँदैन ?      यो धेरैलाई जानकारी नै छैन । अधिक वा न्यून रक्तचाप भएमा, मुटु, कलेजो, फोक्सो, असामान्य रक्तस्राव र अर्बुद रोगी, उपचार भइरहेको मधुमेही, विगत तीन दिनदेखि एन्टिबायोटिक र एस्प्रिन लिइरहेका व्यक्तिले रक्तदान गर्नु हुँदैन ।

विगत एक वर्षभित्र गर्भवती भएका, रजस्वलाको अवधिमा रहेका, गर्भवती र स्तनपान गराइरहेका महिला, रगतबाट सर्ने रोग भएका, ६ महिनाभित्र नै  रगत लिएका, भर्खरै टाटु बनाएका, छालामा दाग देखिएका, कान वा शरीर प्वाल पारेका, मद्यपानी र लागुपदार्थ दुव्र्यसनीले रक्तदान गर्न मिल्दैन । त्यसैगरी उच्च ज्वरो, औलो, रक्तअल्पता, छारे रोग, यौनजन्य रोग, क्षयरोग, दम, मिर्गौलासम्बन्धी रोग, कमलपित्त, विषमज्वरो भएका, असुरक्षित र धेरैजनासँग यौनकार्यमा संलग्न भएका, महिनावारी भइरहेको बेला वा सुरु भएको ८ दिनसम्म रक्तदान गर्न हुँदैन । उपरोक्त कुनै समूहसँग शारीरिक सम्पर्क भएका व्यक्तिहरू, त्यसैगरी भर्खरै विदेशबाट वा औलो प्रभावित क्षेत्रबाट फर्किएका र संक्रमण हुने खतरा भएका जीवनशैली भएकाले समेत रक्तदान गर्न मिल्दैन ।

नेपालमा रक्तसञ्चार सेवा
रक्तसञ्चार सेवाको थालनी नेपालमा २०२३ सालमा भएको देखिन्छ । तत्कालीन रक्त व्यवस्थापन समितिका अध्यक्ष नैनपाल राज्यलक्ष्मीदेवी राणाको नाममा १२ हजार रुपैयाँ र एउटा फ्रिज सहयोगस्वरूप प्रदान गरी लक्ष्मी ब्लड बैंकको स्थापना भयो । यहीबाट २०२३ साल साउन १२ गतेदेखि नेपाल रेडक्रस सोसाइटीले सेवा सञ्चालन सुरु गरेको हो ।

स्थापनाकालमा बिरामीहरूका आफन्तहरूबाट सोधभर्ना, पेसेवर र स्वयंसेवी रक्तदाताहरूबाट गरी वर्षमा जम्मा १५७ युनिट रगत संकलन र वितरण गर्ने गरेको देखिन्छ । हाल आएर रगतको माग बढ्दै जाँदा दैनिक २०० युनिट स्वयंसेवीबाट लिई वितरण गरिरहेको छ ।  

नेपालमा हाल शून्य दशमलव पाँच प्रतिशतले रक्तदान गर्छन्। जुन कम्तीमा २ प्रतिशत रत्ताmदाता भए आपूर्तिमा कमी आउँदैन।

पुरुष भए वर्षमा चार पटक तीन—तीन महिनाको फरकमा र महिला भए वर्षको तीन पटक चार—चार महिनाको फरकमा रक्तदान गर्नु उत्तम हुन्छ । रक्तदान वर्षको एक पटक र संख्यात्मक रूपमा बढी बढाउने होडबाजीमा भन्दा नियमित रूपमा प्रत्येक तीन—तीन महिनामा वर्षको चार पटक गर्दा रगतको आपूर्तिमा सामञ्जस्यता रहनेछ । किनभने संकलित रगतलाई एन्टिकोगुलेन्टको सहायताले जम्मा ३५ दिनमात्र शीत कक्षमा भण्डारण गर्न सकिन्छ । नेपालमा हाल शून्य दशमलव पाँच प्रतिशतले रक्तदान गर्छन् । जुन कम्तीमा २ प्रतिशत रक्तदाता भए आपूर्तिमा कमी आउँदैन । 

रक्तदान गर्ने र रगत लिने व्यक्तिबीचमा नमिलाएर गरिएको रक्त सञ्चारले पनि हुन सक्छ वा अन्य कारणले पनि हुन सक्छ । रगत नमिलाएको अवस्थामा रक्तकोष टुक्रिन जान्छ र हेमोग्लोबिन बाहिर आएर रक्तनलीमा जम्मा हुन्छ जसले गर्दा साना रक्त नलीहरूमा रगत प्रवाह बन्द हुन गई मुटु, फोक्सो र मिर्गौलालगाएत अन्य अंगमा असर पर्न जान्छ र मिर्गौलाले काम गर्न नसक्ने गरी बिग्रिन्छ ।

रक्त सञ्चार धेरै गरिएमा मुटु र श्वासप्रश्वासमा असर, फोक्सोमा पानी भरिने, कहिलेकाहीँ रगत लिने व्यक्ति सकमा गई बेहोस हुने, ज्वरो आउने, छाती दुख्ने, पिसाब नहुने, सास फेर्न अप्ठ्यारो हुने, रक्तचाप घट्ने, पोटासियम बढ्ने, रगत जम्न नसक्ने र विभिन्न किसिमका संक्रमणहरू जस्तै औलो, भिरिंगी, कमलपित्त र एड्स हुने गर्दछ । राष्ट्रिय रक्तसञ्चार नीति २०७० लागू गरी रक्त सञ्चारलाई सुरक्षित गरिएको छ ।

एक पिन्ट रगतबाट ३ देखि ५ भिन्न खालका समस्यामा प्रयोग गर्न सकिन्छ । नेपालमा वार्षिक ५ लाख माग तथा आपूर्ति ‘सयौं रक्त संकलन केन्द्रबाट साढे ३ लाख पिन्ट  रगत संकलन हुन्छ । सिधै हेर्दा १ लाख पिन्ट नपुग भए पनि संकलित रगतलाई ९ लाख पिन्ट अर्थात् जनालाई पुग्ने गरी प्रयोग गर्न सकिन्छ । 

अन्तमा, राम्रो उत्तम र सुरक्षित रक्तदाताको छनोट गर्ने, रक्तदानमा संकलन गरिएका रगतलाई विभिन्न परीक्षणहरू रक्त समूहीकरण, क्रसम्याचिङ, संक्रामक रोगहरू (एचआईभी, हेपाटाइटिस, मलेरिया, सिफिलिस) भए नभएको पत्ता लगाउने र रक्त सञ्चारको उचित र उपयुक्त प्रयोग गर्ने गरेमा रक्त सञ्चारबाट उत्पन्न हुन सक्ने जटिलताहरूबाट मुक्त हुन सकिन्छ । संक्रमणको विन्डो अवधिमा रगतमा कुनै एन्टिवडी नदेखिने भएकोले यसमा रक्तदातालाई नै सचेत गराउनु आवश्यक छ । रक्तदानका लागि जनचेतना फैलाई रक्त अभावलाई न्यूनीकरण गर्नुपर्छ ।  हरेक नागरिकलाई १८ वर्षदेखि नियमित रक्तदान गर्न उत्प्रेरित गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.