इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना नागरिकका लागि विश्वभरका देशले के कदम चालिरहेका छन् ?
काठमाडौं : करिब एक हप्तादेखि जारी इजरायल र इरानबीचको द्वन्द्व बढ्दै गएको छ। यसैबीच केही देशले यी दुई देशमा फसेका आफ्ना नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्न अभियान चलाइरहेका छन्।
अष्ट्रेलिया
अष्ट्रेलियाले इरानबाट करिब १,५०० र इजरायलबाट करिब १,२०० अष्ट्रेलियाली नागरिकलाई फिर्ता लैजाँदैछ।
द्वन्द्व सुरु हुने बित्तिकै केही अस्ट्रेलियाली नागरिकले इजरायल छाडे भने अरूलाई सुरक्षित स्थानमा ल्याउने प्रयास जारी छ।
चीन
चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनले अहिलेसम्म इरानबाट १,६०० भन्दा बढी र इजरायलबाट सयौँ नागरिकलाई बाहिर निकालेको छ।
चीनले आफ्ना नागरिकलाई अजरबैजान, तुर्कमेनिस्तान, टर्की, आर्मेनिया वा इराक हुँदै देश छोड्न सल्लाह दिएको छ।
भारत
बिहीबार इरानबाट ११० जना भारतीय विद्यार्थी भारत फर्किएका छन्।
सरकारले इजरायलमा रहेका भारतीय नागरिकलाई फिर्ता ल्याउने तयारी भइरहेको बताएको छ। हाल इजरायलमा करिब ३० हजार भारतीय छन्।
जापान
जापानले इरान र इजरायलमा फसेका आफ्ना नागरिकलाई बाहिर निकाल्न जिबुटीमा दुई सैन्य विमान पठाएको छ।
इजरायलमा करिब १,००० जापानी नागरिक छन् र इरानमा करिब २८० जापानी नागरिक छन्।
पाकिस्तान
इजरायल–इरान द्वन्द्वको बीचमा अहिलेसम्म करिब ३,००० पाकिस्तानी नागरिकले इरान छाडेका छन्।
प्रतिक्रिया दिनुहोस !