इरानमा फसेका नेपाल र श्रीलंकाका नागरिकको भारतले उद्धार गर्ने
काठमाडौं : इरानस्थित भारतीय दूतावासले भारतले आफ्ना छिमेकी देश नेपाल र श्रीलंकाका नागरिकको इरानबाट उद्धार गर्न मद्दत गर्ने बताएको छ। भारतीय दूतावासले एक्समा पोस्ट गर्दै नेपाल र श्रीलंकाका नागरिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको हो।
इरानस्थित भारतीय दूतावासले भन्यो, ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावासले अब इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकको उद्धार गर्न पनि मद्दत गर्नेछ।’
यस्तै भारतीय दूतावासले नेपाली र श्रीलंकाली नागरिकलाई सहयोग गर्न टेलिग्राम च्यानल र आपतकालीन नम्बरहरू (९८९०१०१४४५५७, ९८९१२८१०९११५, ९८९१२८१०९१०९) मा सम्पर्क गर्न भनेको छ।
प्रतिक्रिया दिनुहोस !