रुकुम पूर्व अस्पतालमा एम्बुलेन्स सेवा सुरु
रुकुमपूर्व : रुकुम पूर्व अस्पतालमा शनिबारदेखि नयाँ एम्बुलेन्स सेवा सुरु गरिएको छ। अस्पतालमा उपचारका लागि पुग्ने बिरामीका लागि अत्यावश्यक मानिने एम्बुलेन्स सेवा विस्तार भएसँगै स्थानीयवासीले राहतको अनुभूति गरेका छन्।
अस्पतालका निमित्त कार्यालय प्रमुख डा. कृष्ण खरालले ‘क’ वर्गको एम्बुलेन्स प्राप्त भएसँगै दुर्गम बस्तीमा बसोबास गर्ने बिरामीहरूलाई ठूलो राहत हुने बताए।
डा. खरालका अनुसार प्रदेश सरकारले रुकुम पूर्व अस्पतालमा ब्लड बैंक स्थापनाका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !