इङ्ल्यान्डको पहिलो इनिङ ४६५ रनमा सकियो, बुमराहले लिए ५ विकेट
काठमाडौं : भारत र इङ्ग्ल्याण्ड बीचको पाँच खेलको टेस्ट शृङ्खलाको पहिलो खेल लीड्सको हेडिंग्ली क्रिकेट मैदानमा भइरहेको छ। आज खेलको तेस्रो दिन हो।
इङ्ग्ल्याण्डको पहिलो इनिङ ४६५ रनमा समेटिएको छ। भारतले ६ रनको अग्रता लिएको छ। भारतका लागि जसप्रित बुमराहले यस इनिङमा ५ विकेट लिएका छन्।
शुभमन गिल, ऋषभ पन्त र यशवान जैसवालको शतकको मद्दतले भारतीय टोलीले आफ्नो पहिलो इनिङमा ४७१ रन बनाएको थियो।
प्रतिक्रिया दिनुहोस !