सासू आमाको हत्या गरी फरार भएका अभियुक्त २१ वर्षपछि पक्राउ
तानसेन : सासू आमाको हत्या गरी फरार भएका एक अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाले पूर्वखोला गाउँपालिका–१ गुनडाँडाका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई पक्राउ गरेको हो।
सार्कीले २०६१ असार १९ गते सोही ठाउँकी ५५ वर्षीया चिनिसरा सार्कीको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अदालतले पनि दोषी ठहर गरेका पूर्णबहादुर भारतमा लुकीछिपी बस्दै आएका थिए।
उनीमाथि थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस !