मेलम्चीमा यात्रुवाहक बस दुर्घटना, चालकसहित ८ जना घाइते

मेलम्चीमा यात्रुवाहक बस दुर्घटना, चालकसहित ८ जना घाइते

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ तिपेनीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। बागमती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक बसका दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्।

गम्भीर घाइते भएका बसका चालक महेश्वर ढकालसहितलाई मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

घाइते हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका– ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योति, भोताङकी पेमा लामा, नोर्कि तामाङ, महेश्वर ढकाल चालक, विनायक ढकाल र धापका रामचन्द्र पौडेल छन्।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.