भूमि समस्या समाधान आयोगद्वारा दोलखाका भूमिहीनलाई निस्सा वितरण
दोलखा : भूमि समस्या समाधान आयोग दोलखाले बैतेश्वर गाउँपालिकाका १३ भूमिहीन सुकुम्वासी घरपरिवारलाई निस्सा वितरण गरेको छ। भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई उपभोग गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्न निस्सा वितरण सुरु गरेको हो।
बाँकी रहेका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई अन्तिम पटकका लागि ३५ दिने सूचना प्रकाशन भइसकेको छ। वडा सहजीकरण समितिमार्फत सुकुम्वासी पहिचान गरी आवेदन भर्न नछुटाउन भूमि समस्या समाधान आयोग दोलखाका अध्यक्ष राकेश श्रेष्ठले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !