माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अमेरिका प्रस्थान
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन्। गएराति क्याथे प्यासिफिकको जहाजमा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ अमेरिका प्रस्थान गरेको माओवादीका एक नेताले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।
श्रेष्ठ किन अमेरिका गएका हुन् भन्ने बारेमा भने उनले खुलाएनन्। राष्ट्रिय सभाका सांसदसमेत रहेका श्रेष्ठले पनि सार्वजनिकरुपमा भ्रमणबारे जानकारी गराएका छैनन्।
प्रतिक्रिया दिनुहोस !