बिजुलीको करेन्ट लाग्दा डोटीको बडीकेदारमा ७ बाख्रा मरे

बिजुलीको करेन्ट लाग्दा डोटीको बडीकेदारमा ७ बाख्रा मरे

डोटी : डोटीको बडीकेदार गाउँपालिका-३ जैसीबाजमा बिजुलीको पोल नजिक ग्राउन्डमा चरिरहेको अवस्थामा एक्कासि करेन्ट प्रवाह हुँदा सातवटा बाख्रा मरेका छन्।

गाउँ नजिकैको जङ्गलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासि जमिनमा करेन्ट प्रवाह भई स्थानीय भीम बहादुर साउद र भगिराम साउदका सातवटा बाख्राको मरेका हुन्। 

वर्षाको समयमा बिद्युत् चुहावट र करेन्ट प्रवाह अवस्थाको बारेमा विस्तृत रूपमा चेकजाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले बताए। उनले भने ‘केही समयअघि वडा नम्बर ४ मान्नाकापडीमा गोरुको मरेको थियो। आज बाख्रा मरेका छन् भोलिका दिनमा मानवीय क्षति नहोस् भन्ने हेतुले करेन्ट प्रवाह र चुहावटको अवस्थाको परीक्षण गर्न आवश्यक छ।’ 

यसमा बिजुली बिस्तार तथा निर्माण कम्पनी र विद्युत् कार्यालयले समयमै विशेष ध्यान दिन आवश्यक रहको समेत बताए। केही महिनाअघि बडीकेदार गाउँपालिका-४ मा पनि पोल नजिक एक गोरुलाई करेन्ट लागेर मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.