मर्चवारी गाउँपालिकाका वडाध्यक्षसहित दुईजना अख्तियारको नियन्त्रणमा
भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
रुपन्देहीको मर्चवारी गाउँपालिका-३ का वडाध्यक्ष जनार्दन यादव र भैरहवास्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिन कुमार पाण्डेयलाई तीन लाख घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिइन्।
उनले वडाध्यक्ष यादवले वडामा सञ्चालित विभिन्न योजनाको रकम भुक्तानी सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग माग गरेको घुस रकम सञ्चालक पाण्डेयले बुझेपछि घुससहित दुवै जनालाई नियन्त्रणमा लिइएको बताइन्।
प्रतिक्रिया दिनुहोस !