भोटेकोशीमा उद्दार गर्न गएका तीनजना सुरक्षाकर्मी सम्पर्कविहीन

भोटेकोशीमा उद्दार गर्न गएका तीनजना सुरक्षाकर्मी सम्पर्कविहीन
तस्बिर : अन्नपूर्ण

नुवाकोट: चीनको तिब्बत हुँदै आएको ल्हेन्दी खोलाको बाढीबाट ठूलो जनधनको क्षति भएको छ।  नेपाल–चीन सिमाना रसुवागढीस्थित ल्हेन्दी खोलामा बाढी आउँदा मानवीय क्षतिसँगै दर्जनौं सवारी साधन,भौतिक  संरचनामा क्षति पुगेको छ।

सडकमार्ग बाढी पहिरोले क्षति गरेपछि हवाई उद्धार सुरू भएको छ । सरकारी र निजी कम्पनीका हेलिकोप्टरले उद्धार गरिरहेका छन्। बाढीले रसुवागढी पुललगायत दर्जनौं संरचनामा क्षति गरेको छ । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल भत्काएसँगै १२ वर्षपछि नेपाल–केरुङ यातायात सम्पर्क विच्छेद भएको छ । 

१२ वर्ष अगाडि रसुवागढीस्थित लेन्दे खोलामा चीन सरकारले पक्की मोटरेवल पुल बनाएका थियो । मंगलबार आएको भीषण बाढीले पुलको नामोनिसाना नै मेटाएको छ । नेपाल–चीन आयात-निर्यात ठप्प भएको छ । राजश्वसमेत प्रभावित हुने भएको छ । 

बाढीले रसुवागढीस्थित ल्हेन्दी खोलामा मितेरी पुल बगाउनुका साथै धेरै संरचनामा क्षति गरेको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए।  'धेरै क्षति भएको छ, मानिसहरू हराइरहेका छन्, तथ्यांक लिने कार्य सुरु गरिएको छ,'तामाङले घटना विवरण सुनाउँदै भने । 

बाढीमा फसेका ९ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाइएको छ । तीनजना प्रहरीसहित १८ जना हराइरहेकोमा खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए।

एकजना नेपाल प्रहरी, एकजना सशस्त्र प्रहरी र सातजना स्थानीयवासीको उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारको लागि खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ,जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन रहेका छन्।

कामदारसहित नौजना नेपाली र ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएको प्रजिअ पौडेलले जानकारी दिए । ८ थान विद्युतीय गाडी र केहि कन्टेनर बगाएको,रसुवागढी विद्युत गृहको ड्याम तथा रसुवा भन्सार कार्यालय टिमुरेको यार्डमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

स्याफ्रुवेशीदेखि रसुवागढी जाने सडकखण्डको टिमुरेसम्म विभिन्न १० स्थानमा पहिरो खसेका कारण उद्दारमा समस्या आएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.