पहिरोले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा
सुन्नुहोस्

काभ्रे : खहरे खोलाको लेदो आएपछि अवरुद्ध भएको वीपी राजमार्ग सञ्चालनमा आएको छ।  जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले वीपी राजमार्ग रोशी गाउँपालिका- ९ पिन्थली बेसिखण्डमा खहरे खोलाको लेदो आएपश्चात बिहान सडक अवरोध रहेको जानकारी दिए । 

मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक बिहान लेदो पन्छाएपश्चात दुबैतर्फी बाटो सुचारु भएको एसपी शाहले जानकारी दिए ।

वर्षाले लेदोसहितको पहिरो ३/४ ठाउँमा गएका कारण अवरुद्ध भएको थियो । बीपी राजमार्ग सामान्य वर्षा हुँदा सवारी आवागमनमा अवरोध हुँदै आएको छ । गत वर्षको असोजको बाढीको कारण बीपी राजमार्गमा अझै जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.