स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जामा विकासे बजेट झण्डै ७८ प्रतिशत खर्च भएको छ। स्याङ्जाका लागि संघ सरकारले विनियोजन गरेको पुँजीगतमा ७७ दशमलव ४५ प्रतिशत र प्रदेश सरकारको ८० दशमलव २० प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।  

चालु खर्चमा पनि संघतर्फ ९६ दशमलव ४८ प्रतिशत छ भने  र प्रदेशको ८१ दशमलव २३ प्रतिशत छ। 

यो संघ तथा प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेट अन्तर्गत आर्थिक कारोबारको अन्तिम दिन बुधबार राती १२ बजेसम्मको तथ्यांक हो।

आर्थिक वर्ष २०८१/०८२ का लागि स्याङ्जामा संघीय सरकारले चालुतर्फ ८ अर्ब ६५ करोड ७८ लाख २९२ विनियोजन गरेकोमा ७ अर्ब ७८ करोड, ११ लाख ८ हजार ७६४ रुपैयाँ खर्च भएको छ।

यसैगरी, संघकै पुँजीगततर्फ ११ करोड, ८२ लाख, ७४ हजार विनियोजन गरेको थियो। सो रकम मध्ये ९ करोड १६ लाख ४ हजार ४७१ खर्च देखिएको छ। 

प्रदेशको चालूतर्फ ८२ करोड २२ लाख ५८ हजार ६७७ रुपैयाँ विनियोजन भएकोमा ६६ करोड ७९ लाख ४० हजार ६१४ खर्च भएको छ।

यसैगरी, प्रदेशको पुँजीगततर्फ विनियोजन २ अर्ब २५ करोड ४० लाख ५० हजार मध्ये १ अर्ब ८० करोड ७७ लाख ५८ हजार ८८८ रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक थमनारायण शर्माले जानकारी दिए। 

उनका अनुसार, संघतर्फका लागि स्याङ्जबाट ६० करोड ७२ लाख ९६ हजार ९३२ र प्रदेशतर्फ १८ करोड ८९ लाख ७८ हजार ७७७ रुपैयाँ राजश्व संकलन भएको छ। 

यसैगरी, जिल्लामा ४४ करोड ६२ लाख रुपैयाँ फ्रिज भएको छ। गण्डकी प्रदेशअन्तर्गत रहेका पूर्वाधार विकास कार्यालयको ३६ करोड ९० लाख, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको २ करोड ६२ लाख र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको ६६ लाख रकम फ्रिज भएको प्रमुख कोष नियन्त्रक शर्माले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.