भारत र इङ्ल्यान्डको तेस्रो टेस्ट : प्लेइङ एघारमा परे जसप्रीत बुमराह
काठमाडौं : भारत र इङ्ल्यान्डबीच लर्ड्समा भइरहेको तेस्रो टेस्ट म्याचमा इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। हाल दुवै टोली पाँच खेलको टेस्ट शृङ्खलामा १–१ को बराबरीमा छन्।
भारतले यस खेलका लागि आफ्नो प्लेइङ एघारमा एक परिवर्तन गरेको छ। भारतले प्रसिद्ध कृष्णको स्थानमा जसप्रीत बुमराहलाई ल्याएको छ। बुमराहलाई दोस्रो टेस्टमा आराम दिइएको थियो।
इङ्ल्यान्डको टोलीमा तीव्र गतिका बलर जोश टङ्गुलाई हटाइएको छ। उनको ठाउँमा जोफ्रा आर्चरलाई स्थान दिइएको छ।
प्रतिक्रिया दिनुहोस !