कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ५ जना गम्भीर

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ५ जना गम्भीर
सुन्नुहोस्

कपिलवस्तु : कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं.को बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्धभुमी नगरपालिका- ९ वेलनदीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। आइतबार बिहान ४ बजेतिर बस आफैँ अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २९ जना यात्रु घाइते भएका हुन्। 

घाइतेहरूमध्ये ५ जना गम्भीर रहेका छन्। उनीहरुलाई थप उपचारको लागि बुटवल रेफर गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। सामान्य घाइतेहरू २४ जनाको चन्दौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको टफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पंकज चुदालीले बताए। 

 बिहानको समयमा चालक निदाएर बस दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। गाडी चालक प्रहरी नियन्त्रणमा छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.