बेतन कर्णाली जलविद्युत् आयोजनाले पायो उत्पादनको अनुमति पत्र

बेतन कर्णाली जलविद्युत् आयोजनाले पायो उत्पादनको अनुमति पत्र
सुन्नुहोस्

काठमाडौं : ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत् निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई  विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जासचिव स्तरीय निर्णयबाट बेतन कर्णाली जलविद्युत् आयोजनालाई  विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको हो।

ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण प्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गर्दै आयोजनाको समयमै सम्पन्न गर्ने भूमिका खेल्न आवश्यक निर्देशन दिए। भारतीय अप्पर कर्णाली हाइड्रोपावरसँग समन्वय गरी अनुमति प्रदान गरिएको सचिव आचार्यले जानकारी दिए। वर्षौँदेखि अनुमति प्रक्रिया रोकिँदा निर्माण अघि  बढ्न सकेको थिएन।  

उत्पादन अनुमतिपत्र ग्रहण गर्दै कम्पनीका प्रबन्ध सञ्चालक कृष्णप्रसाद आचार्यले यसअघि रहेका जटिलताहरू कूटनीतिक पहलबाट समाधान भएसँगै अनुमति पाएको बताउँदै आयोजनालाई तोकिकै समयमा निर्माण सम्पन्न गरिने बताए।

कर्मचारी सञ्चयकोष, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेडबाट क्रमशः १५, १० र १० प्रतिशत लगानी रहने आयोजनाको कुल लागत करिब ९३ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ। बाँकी ४० प्रतिशत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा राष्ट्रसेवक कर्मचारीहरू र २५ प्रतिशत स्थानीय तथा सर्वसाधारणको सहभागिता रहनेछ।

अब निर्माण कार्य तत्काल सुरू गरी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाको वित्तीय व्यवस्थापन चुनौतीपूर्ण मानिए पनि प्रमुख संस्थागत लगानीकर्ताहरूको सहभागिताले आयोजना सफलतापूर्वक सम्पन्न हुने विश्वास गरिएको छ। सो अवसरमा आयोजना क्षेत्रका जन प्रतिनिधि कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरूको उपस्थिति थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.