रुपन्देही उपनिर्वाचनः राप्रपाबाट ६ जनाको नाम सिफारिस
भैरहवा : रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनमा उम्मेदवारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार बिहान बसेको जिल्ला कार्यसमितिको कार्यसम्पादन समितिको बैठकले आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि जिल्ला अध्यक्षसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको राप्रपाका केन्द्रीय सदस्य वसन्त विक्रम शाहीले बताए।
उनका अनुसार राप्रपाबाट उम्मेदवारका लागि रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, सिद्धार्थनगर नगरपालिका सदस्य गौरव बोहरा, प्रज्ज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा र जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीप कुमार मल्लिकको नाम सिफारिस गरिएको छ।
‘बैठकले एक नम्बर, दुई नम्बर भनेर वरीयताका आधारमा सिफारिस गरेको छैन’, स्रोतले भन्यो, ‘६ जनाको नाम सिफारिस भएको हो। त्यसैमध्ये एक जना उपनिर्वाचनमा पार्टीको उम्मेदवार हुन्छ।’
राप्रपाबाट निर्वाचित दीपक बोहराको निधनपछि अगामी कार्तिक १७ रुपन्देही-३ मा उपनिर्वाचन हुन लागेको छ। जसका लागि राजनीतिक दलहरू उम्मेदवार छनौट कार्यमा लागेका छन्।
प्रतिक्रिया दिनुहोस !