अर्घाखाँचीमा हतियारसहित एकजना पक्राउ

अर्घाखाँचीमा हतियारसहित एकजना पक्राउ
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा एक नाले भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। शितगंगा नगरपालिका-१ का हिम बहादुर सारुलाइ घरमै राखेको भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए। 

आफ्नै घरको कोठामा बरुवा बन्दुक तथा खरखजना लुकाई राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले सारुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ। 

पक्राउ परेका सारुको साथबाट एक नाले भरुवा बन्दुक, १७ वटा फलामको छर्रा , ५ वटा मसिनो छर्रा, १९ वटा केप र २ वटा सिसारको छर्रा बरामद गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी मल्लको भनाइ छ। 

पक्राउ परेका मानिसको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.