साफ यु-२० महिला च्याम्पियनसिप

अन्तिम समयमा चुक्दा बंगलादेशसँग हार्‍यो नेपाल

अन्तिम समयमा चुक्दा बंगलादेशसँग हार्‍यो नेपाल

ढाका : साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत आइतबार भएको महत्वपूर्ण खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग पारजित भएको छ। ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-२ गोलले पराजित भएको हो।

खेलमा घरेलु टोलीका लागि सिन्हा जहान सिखा, सागोरिका श्रीमती त्रिस्ना रानी तथा नेपालका लागि अनिषा राईले पेनाल्टीमार्फत र मिना देउवाले गोल गरिन्।

पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोश्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै घरेलु टोलीलाइ बराबरिमा ल्याए पनि खेलको इन्जुरी समयमा सम्हालिन नसक्दा गोल व्यहोर्दै पराजित हुन बाध्य भयो।

खेलको १३औं मिनेटमा सिना जहान शिखाले घरेलु टोलीका लागि पहिलो गोल गर्दै अग्रता दिलाइन्। डिफेन्डर गंगा रोकायाले बचाउन खोजेको बल शिखाले जाली चुमाएकी हुन्। त्यसपछि २८औं मिनेटमा अनिषा राईको फ्रिकिक क्रसबारमा लाग्दै फर्किएको थियो।

३६औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो। नेपाली गोलकिपर सुजाता तामाङको गल्तीको फाइदा उठाउँदै सागोरिकाले गोल गरिन्।

दोस्रो हाफको प्रारम्भमै दुबै टोली १०-१० खेलाडीमा सीमित भए। नेपालकी सिम्रन राई र बंगलादेशकी सागोरिकाबीचको झगडामा रेफ्रीले दुवैलाई रातो कार्ड देखाइन्।

५२औं मिनेटमा नेपालले पेनाल्टी पाउँदै खेलमा फर्कने संकेत गर्‍यो। अनिषा राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१ मा ल्याइन्। त्यसपछि खेलको अन्त्यतिर, ८५औं मिनेटमा पूर्णिमा राईको क्रसमा मिना देउवाले गोल गर्दै नेपाललाई २-२ को बराबरीमा पुर्‍याइन्। तर इन्ज्युरी समयको आठौं मिनेटमा श्रीमती तृष्णारानी सरकारले निर्णायक गोल गर्दै बंगलादेशलाई ३-२ को जित दिलाइन्।

चार टोली सहभागी डबल राउन्ड रोबिन ढाँचाको यस प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो। अब नेपालले तेस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेशले श्रीलंकालाई ९-१ ले हराएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.