स्कुल बिदामा घर आएका बालकको खेतको आलीबाट लडेर मृत्यु
नुवाकोट : नुवाकोटको भद्रुटारका एक बालकको खेतको आलीबाट लडेर ज्यान गएको छ । पन्चकन्या गाउँपालिका- ५ भद्रुटारका बालकको आफ्नै खेतको आलीबाट लडेर ज्यान गएको हो ।
स्थानीय ११ वर्षीय बालक मनिष गिरी घरनजिकैको खेतको आलीबाट लडेर गम्भीर घाइते भएका थिए । उनको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छिमेकी दीपक कार्कीले जानकारी दिए ।
मृतक बालक काठमाडौंको तारकेश्वरस्थित कौशल अंग्रेजी विद्यालयको कक्षा पाँचका विद्यार्थी हुन्। उनी स्कुल विदाको समयमा घर आएका थिए। उनका बाबु उद्धव गिरी वैदेशिक रोजगारीका क्रममा साउदीमा छन्। आमाको १० वर्ष अगाडि भूकम्पमा परी ज्यान गएको परिवारजनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !