मधेश प्रदेशसभा बैठक : प्रतिपक्षबिना बजेटमाथि छलफल सुरू

मधेश प्रदेशसभा बैठक : प्रतिपक्षबिना बजेटमाथि छलफल सुरू
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेशसभामा प्रतिपक्षी दल बिना छलफल सुरू भएको छ । सोमबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालसहित सदनमा रहेका ६ वटै प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि प्रतिपक्षी दलबिना बजेट माथिको छलफल सुरू भएको छ ।

असार १ गते अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा बजेट प्रस्तुत गरेका थिए। तर,लामो समयदेखि बजेटको विषयलाई लिएर विवाद भएपछि आजबाट प्रदेश सभामा छलफल सुरू भएको हो । प्रतिपक्षी दलले बजेटमा बिचौलिया हावी भएको भन्दै बैठक अवरुद्ध पछि बहिष्कार गरेका हुन्। 

कार्यदलमा रहेका प्रतिपक्षी दलका सांसदहरूले सरकारले सार्वजनिक गरेको आगामी आवको योजना पुस्तिका २०८२/०८३ र योजना सूचना प्रणालीमा प्रविष्ट भएको योजना फरक रहेको आरोप लगाएका छन् । 

प्रमुख प्रतिपक्षी दल जसपा नेपाल, माओवादी केन्द्र, नेकपा एस, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्यहरूले बैठक बहिष्कार गरेका छन् । अहिले सदनमा सत्तापक्षको तर्फबाट जनमत पार्टी,नेकपा एमाले,नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरू उपस्थित छन् ।

असार मसान्तसम्म बजेट पारित नभए नयाँ आर्थिक वर्ष साउन १ गतेबाट बजेट होलिडेमा पर्ने भएपछि सांसदहरू छलफलमा जुटेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.