विपक्षी दलको अनुपस्थितिमै मधेश सरकारको बजेट पारित

विपक्षी दलको अनुपस्थितिमै मधेश सरकारको बजेट पारित

जनकपुरधाम : विपक्ष दलका सांसदको अनुपस्थितिमै मधेश प्रदेश सरकारको बजेट पारित भएको छ। विपक्षी दलको बहिष्कारका बीच मधेश प्रदेशसभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको  ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट बहुमतले पारित भएको हो। 

विगत ६ दिनदेखि लगातार विपक्षी दलका सांसदले विरोध गर्दै संसद् अवरुद्ध गर्दै आएका थिए। सभामुख रामचन्द्र मण्डलले पटक–पटक सत्ता र प्रतिपक्ष दलबीच सहमति जुटाउन प्रयास गरेपनि असफल भएपछि फाष्ट्रयाकबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक पारित भएको छ।   

प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले बैठक बहिष्कार गरेका हुन्। यसअघि प्रतिपक्षी दलबिना बजेट माथिको छलफल भएको थियो।  सत्तारुढ दलकै सांसदहरूले सरकारको बजेटमाथि प्रश्न उठाएका थिए। 

सरकारले प्रदेश सभामा प्रस्तुत गरेको रेडबुक, सांसदलाई वितरण गरेको रेडबुक र सूचना प्रणालीमा लक भएको रेडबुकमा फरक देखिएको छ। 
सरकारले ४६१ पृष्ठको रेडबुक संसद्मा प्रस्तुत गरेर सांसदलाई वितरण गरेको थियो। तर, सूचना प्रणालीमा ७५५ पृष्ठको रेडबुक छ।  

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.