पहिरोले पुरिएर श्रीमान श्रीमतीको मृत्यु

पहिरोले पुरिएर श्रीमान श्रीमतीको मृत्यु
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा पहिरोले पुरिँदा दुई जनाको ज्यान गएको छ।

बिहान करिब ९ बजे घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोविन्द बुढामगर र उनकी ६७ वर्षीया श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।

उनीहरू रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएका थिए। तर निर्धारित समयमा घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। स्थानीयवासीहरूको सहयोगमा गरिएको खोजतलासका क्रममा उनीहरू सुक्खा पहिरोमा पुरिएको अवस्थामा फेला परेका थिए। 

ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याइँदैछ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.