लागुऔषधसहित एक युवा पक्राउ
गोरखा : आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन्। पृथ्वीराजमार्गमा नियमित चेकजाँचका क्रममा बुधबार प्रहरीले नवलपरासी पश्चिम सरावल गाउँपालिका–६ बरसारेका ३१ वर्षीय सन्दीप केवटलाई पक्राउ गरेको हो।
प्रहरीले वीरगंजबाट स्याङ्जा वालिङतर्फ जाँदै गरेको ग१ख ७६२५ नम्बरको बसमा सवार उनको साथबाट डाईजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल बरामद गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !