मर्निङ वाक गएका अधिवक्ता छ महिनादेखि सम्पर्कविहीन

मर्निङ वाक गएका अधिवक्ता छ महिनादेखि सम्पर्कविहीन
सुन्नुहोस्

गोरखा : गोरखा घर भई काठमाडौंमा कार्यरत अधिवक्ता ६ महिनादेखि सम्पर्कविहीन भएका छन्। गोरखा नगरपालिका-३ स्थायी घर भई काठमाडौं बालाजु बस्दै आएका ६७ वर्षका अधिवक्ता शंकरप्रसाद अर्याल बिगत ६ महिनादेखि सम्पर्कविहीन भएका परिवारजनले जनाएका छन्।

‘बिहान आठ बजे मर्निङ वाकमा निस्कनु भएको हो। तर आजसम्म फर्कनु भएन’, अर्यालकी पत्नी सुभद्रा अर्यालले भनिन्, ‘फर्कनुहोला, फर्कनुहोला भनेर कुर्दा कुर्दै छ महिना लाग्यो। फोन सम्पर्क गरौँ भने मोबाइल पनि घरमै छोड्नु भएको रहेछ।’ राम्रो, नराम्रो केही पनि खबर पाउन नसकेको उनले बताइन्।

खोजतलासका सबै उपाय अपनाइसक्दा पनि फेला पार्न नसकेकाले आफन्तजनहरु विक्षिप्त भएको उनको भनाइ छ। ‘सामाजिक सञ्जालहरुमा सूचना गरिएको छ। इष्टमित्र, उहाँको साथीभाइ सबैतिर सोधखोज गरेका छौँ। काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, तनहुँ, लम्जुङ, चितवन, नवलपरासीका सबै प्रहरी कार्यालयमा पनि खबर गरेका छौं’, उनले भनिन्, ‘शुभ, अशुभ केही खबर आएको छैन।’ भेट्नुहुने, फेलापार्नु हुनेहरूले खबर गरेर सहयोग गरिदिन उनले अनुरोध गरेकी छिन्।

त्यसैगरी सिरानचोक गाउँपालिका ८ जौबारीका प्रशान्त सिलवाल पनि विगत ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। काठमाडौंमा व्यापार गरी बस्ने ४२ वर्षका सिलवाल एकाएक घरैबाट सम्पर्कविहीन भएका उनका भाइ विनय सिलवालले जानकारी दिए।

उनको मोबाइल स्विच अफ छ। सम्पर्कविहीन भएपछि आफन्तजनले सामाजिक सञ्चालमार्फत तथा विभिन्न जिल्लाका प्रहरी कार्यालयहरूमा खोजी गरिदिन अनुरोध गरिएको उनले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.