मधुमेहबाट पीडितले दिनमा एक पटक पूरा खाना खानु राम्रो कि दिनभरि धेरै पटक थोरै खानु राम्रो ?

मधुमेहबाट पीडितले दिनमा एक पटक पूरा खाना खानु राम्रो कि दिनभरि धेरै पटक थोरै खानु राम्रो ?
सुन्नुहोस्

काठमाडौं : रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने कुरा आउँदा तपाईंले के खानुहुन्छ भन्ने कुराले फरक पार्छ। तर तपाईंले कति पटक खानुहुन्छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ। 

मधुमेहबाट पीडित व्यक्तिहरू प्रायः दिनमा एक पटक पूरा खाना खानु राम्रो हो कि दिनभरि धेरै पटक थोरै खाना खानु राम्रो हो भनेर सोच्छन्।  

केही स्वास्थ्य विज्ञले यदि तपाईंले दिनभरि आफ्नो खानालाई सानो भागमा विभाजन गरेर खानुभयो भने रगतमा चिनीको स्तर स्थिर रहने बताए। साथै, केही विज्ञले अन्तरिम उपवास वा समय–प्रतिबन्धित खानालाई राम्रो मान्छन्। यसमा मानिस दिनको केही घण्टा भित्र मात्र खाना खान्छन् र बाँकी समय उपवास बस्छन्।  

मधुमेहका लागि कुन विधि सही छ ?

यस सम्बन्धमा मधुमेह शिक्षिका कनिका मल्होत्राले केही मधुमेह रोगीका लागि दिनभरि थोरै मात्रामा बारम्बार खाना खानु धेरै उपयोगी हुन सक्ने बताइन्। यसले उनीहरूको रगतमा चिनीको स्तर स्थिर राख्नेछ र शरीर दिनभरि ऊर्जावान रहनेछ।  

यद्यपि, कनिकाले एउटै नियम सबै मधुमेह रोगीहरूमा लागू नहुन बताइन्। केही अनुसन्धानले टाइप २ मधुमेहका केही बिरामीका लागि दिनमा दुई पटक मात्र पूरा खाना खानु ग्लाइसेमिक नियन्त्रणका लागि उत्तिकै प्रभावकारी हुन सक्ने  पत्ता लगाएको छ। यो केही अवस्थामा अझ बढी लाभदायक पनि हुन सक्छ।  

कनिकाले रगतमा चिनी नियन्त्रण गर्ने सबैभन्दा राम्रो तरिका भनेको स्थिरता भएको बताइन्। अर्थात् हरेक दिन निश्चित समयमा खाना खानु, विशेष गरी बिहानको खाजा धेरै महत्त्वपूर्ण छ। यसले रगतमा चिनीको स्तर नियन्त्रणमा राख्छ। तर खाना खाने सही समय तपाईंको स्वास्थ्य र जीवनशैली अनुसार तय गर्नुपर्छ। कुनै पनि विधि सबैलाई मिल्दैन। त्यसैले डाक्टर वा आहारविद्को सल्लाह अनुसार आफ्नो आहार योजना बनाउन उनले सुझाव दिइन्।  

उनले इन्सुलिन वा केही मधुमेह औषधि लिने व्यक्तिले खाना नछोड्न नहुने बताइन्।  उनीले  खाना नछोड्दा वा लामो समयसम्म खाना नखाई बस्दा हाइपोग्लाइसेमिया हुन सक्छ। यदि तपाईंले बिहान ब्रेकफास्ट गर्नुभयो र राती चाँडै खाना खानुभयो भने इन्सुलिन संवेदनशीलता र उपवासको रगतमा चिनीको स्तरमा सुधार हुन सक्छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.