मन्दिर जोगाउन घाँस रोप्दै स्थानीय

मन्दिर जोगाउन घाँस रोप्दै स्थानीय
सुन्नुहोस्

भक्तपुर : टन्टलापुर घाममा दुई महिला भीरमा घाँस रोप्दै थिए। अरू बेला भीरमा भएको घाँस गाईवस्तुका लागि काट्ने उनीहरूले अहिले भने त्यसको ठीक उल्टो रोप्दै थिए। हेर्दा अचम्म लागेर नजिकै पुग्दा एकजना दिदीले मुसुक्क हाँस्दै घाँस रोप्दै भनिन्, ‘मन्दिर जोगाउन घाँस रोप्दै छौं।’

उनी थिइन् शोभा राजबाहक। प्रतिप्रश्न गर्दै घाँस रोपेको दिदीले अलि अँध्यारो मुख ल्याएर भनिन्, मन्दिर जोखिमको छ, त्यसैले पहिरो जाने सम्भावना छ। त्यसैले यो घाँसले पनि माटोलाई ढिक्का बनाउँछ भनेर घाउ रोपेको।’ उनीसँगै घाँस रोप्दै गरेकी मालती राजबाहकले सहमति जनाइन्।

null

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निलबाराही मन्दिर जाने देखिएको दृश्य हो यो। वर्षौदेखि स्थानीय सरकारले यस क्षेत्रलाई बेवास्ता गरेपछि अहिले त्यहाँ स्थानीय यसरी मन्दिर र बन जोगाउन लागिपरेका छन्। उनीहरू मात्र नभई दैनिक हजारौं जनता भक्तपुर, ललितपुर, काठमाडौं लगायतका जनताहरू यहाँ श्रमदान गर्न ओइरो लागेको देखिन्छ। कोही माटो बोरामा हाल्दै थिए त कोही के।

भक्तपुर नगरपालिका स्थानीयवासी सत्यनारायण दुवाल मन्दिर र वन संरक्षणका लागि ६० जनाको टोली श्रमदानको आएको बताए। श्रमदानमा जनताको सहभागिता देखिएको र स्थानीय सरोकारवाला निकायको कोही प्रतिनिधि नदेखिएको उनले बताए। जनताले मात्र नभई स्थानीय सरकारले पनि ध्यान दिएको खण्डमा यसको समाधान छिट्टै गर्न सकिने दुवाल बताउँछन्।

null

श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका सचिव अनिश वैद्यका अनुसार, सुरुमा केही सयको संख्यामा सीमित जनश्रमदानमा अहिले प्रत्येक श्रमदानको दिन (सोमबार, बुधबार र शनिबार) तीनदेखि चार हजार मानिसको सहभागिता हुने गरेको थियो। ‘सुरुमा स्थानीय युवाहरूले छलफल चलाएर अभियान थालेका थियौं, बिस्तारै जनसहभागिता र आर्थिक सहयोग बढ्दै गयो,’ वैद्यले भने, ‘अहिले आफैं खाजा बोकेर आउनेदेखि श्रमदान गर्नेहरूलाई पानी, खाजा र फलफूल सहयोग गर्नेहरूको पनि उत्तिकै भीड छ।’

अभियानमा सहभागीहरू ढुंगा बिछ्याउने, पानी निकास सुधार गर्ने, पहिरो नियन्त्रणका लागि बोरामा माटो भरेर तटबन्ध निर्माण गर्ने र भीरमा घाँस रोप्ने जस्ता काममा स्वस्फूर्त रूपमा जुटिरहेका छन्। स्थानीय सरकार अर्थात् मध्यपुर थिमी नगरपालिकाले यस समितिलाई सहयोग त उल्टै जनतालाई सहयोगको अपिल गर्दा भाँड्ने काम गर्दै आएको सचिव वैद्यले आरोप लगाए। साथै यस्तो भयावह अवस्थामा रहेको महत्वको बोकेको मन्दिरलाई संरक्षण गरेर पार्क बनाउने काम भइरहेको उनी सुनाउँछन्।

null

पटकपटक स्थानीय सरकारलाई यसबारे सूचना तथा जानकारी दिँदै आएको र बेवास्ता गरेको अहिले यसरी काम सुरु गरेको उनी बताउँछन्। यस्तै गतिमा काम भएको अवस्थामा आउँदो फागुनसम्म मन्दिरसम्म जाने दुई लाइनको बाटो तयार हुने वैद्यले सुनाए।

एक करोभन्दा बढी चन्दा संकलन
करिब एक दशकसम्म स्थानीय सरकारले बेवास्ता गरेपछि सुरु भएको नागरिक अभियानले अहिले बृहत् आन्दोलनको रूप लिएको छ। अहिले १० हप्तामै एक करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ भने २५ हजारभन्दा बढीले निःस्वार्थ भावले श्रमदान गरिसकेका छन्।

काठमाडौं उपत्यकाका चार प्रमुख बाराही पिठमध्ये एक, मध्यपुर थिमि नगरपालिका-९ स्थित नीलबाराही क्षेत्रको संरक्षणका लागि १० हप्ताअघि स्थानीय युवाहरूको अगुवाइमा अभियान थालिएको थियो। पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको नीलबाराही क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले अत्यन्त महत्वपूर्ण मानिन्छ। 

null

थुम्कोमा अवस्थित मन्दिरको चारैतिरबाट पहिरोको जोखिम बढेपछि यो ऐतिहासिक सम्पदाको अस्तित्व नै खतरामा परेको थियो। यो मन्दिर मध्यपुर थिमिका बासिन्दाको मात्र नभई सम्पूर्ण काठमाडौं उपत्यकाका नेवार समुदायको महत्वपूर्ण स्थान हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.