वैदेशिक पठाइदिन्छु भन्दै रकम ठगी गरेर वडा सदस्य सम्पर्कबिहीन

वैदेशिक पठाइदिन्छु भन्दै रकम ठगी गरेर वडा सदस्य सम्पर्कबिहीन
सुन्नुहोस्

रामेछाप : वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेर वडा सदस्य फरार भएका छन्। रामेछापको रामेछाप नगरपालिका-७ का निर्वाचित वडा सदस्य महेन्द्रबहादुर मगरले आफ्नै वडाका युवाहरूलाई ठगेर सम्पर्कविहीन बनेका हुन्।

वडा सदस्य मगरले वडाका युवाहरूलाई आकर्षक काम र कमाई हुने भन्दै यूरोप पठाइदिने आश्वासन दिएर ठगेको आरोप स्थानीय बासीले लगाएका छन्। उनले धेरै युवासँग यूरोप जानका लागि भारत गएर भिसा लगाउनुपर्ने र त्यसका लागि ५० हजार लाग्ने भन्दै पैसा लिएका थिए। 

पैसा र पासपोर्ट बुझाएको १ वर्ष भइसक्दा पनि भिसा आउनु त परेको कुरा वडा सदस्य मगर नै सम्पर्क विहीन भएको अस्मिता महताराले बताइन्। ‘३ महिना भित्र भिसा आउँछ भनेर वडा सदस्य जस्तो जिम्मेवार मानिसले भनेपछि पैसा र पासपोर्ट बुझाएको तर अहिले १ वर्ष भैसक्यो,उनले भनिन्। वडा सदस्य मगर अहिले उनीहरू कसैको पनि सम्पर्कमा छैनन्। उनको मोबाइल अफ छ भने सामाजिक सञ्जाल फेसबुकको अकाउन्टसमेत डिएक्टिभेट गरेका छन्। 

     
वडा सदस्य मगरले अरु युवाहरूलाई पनि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको पाइएको छ। उनले आफ्नै गाउँका युवाहरूलाई समेत ठगेका छन्। रामेछाप - ७ का सागर कार्कीले पनि वडा सदस्य मगरलाई ८ महिना अघि पासपोर्ट बुझाए। कार्कीसँग भिसा लगाउन पैसा लाग्ने भन्दै मागेको भएपनि उनले दिएनन्। अहिले मगर सम्पर्कविहिन भएपछि अर्को देश जानका लागि कार्कीलाई फेरि पासपोर्ट बनाउनुपर्ने बाध्यता आइलागेको छ। मगर कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन्।

अस्मिता र सागर  वडा सदस्य मगरबाट ठगिएका प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरू जस्ता धेरै युवाहरू ठगिमा परेका छन्। जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिको विश्वास गरेर रकम बुझाएकाहरु अहिले तनावमा छन्। यता रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले वडा सदस्य मगरले रकम ठगी गरेको प्रमाणसहित उजुरी परे कारबाही प्रक्रिया अघि बढाइने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.