आज कति छ सुन-चाँदीको मूल्य ?
साउन ४, २०८२ आइतबार ११:१४:५१
काठमाडौं : नेपाली बजारमा आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुन १ लाख ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
यसैगरी, चाँदी प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।