सर्वोच्च अदालतमा आज एउटा मात्रै इजलास
काठमाडौं : सर्वोच्च अदालतमा आज एउटा मात्रै इजलास बसेको छ। सर्वोच्चले न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासबाहेक अन्य इजलास तोकिएको छैन। उनको इजलासमा तीन बन्दीप्रत्यक्षीकरणसहित ६ थान मुद्दा पेशीमा राखेका छन्।
अघिल्लो वर्षको आन्तरिक डाटा समयोजनको काम बाँकी रहेकाले अन्य इजलास गठन नगरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। नयाँ आर्थिक वर्ष सुरू भएको करिब एक- डेढ सातासम्म देशभरका अदालतले आन्तरिक डाटा अपडेटको काम गर्ने भएकाले यो अवधिमा सीमित इजलास बस्ने गरेको अदालतका सह-रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !