उपाध्यक्ष गिरीलाई पदमुक्त गर्ने राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध  राप्रपाका नेताहरू निर्वाचन आयोगमा

उपाध्यक्ष गिरीलाई पदमुक्त गर्ने राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध  राप्रपाका नेताहरू निर्वाचन आयोगमा

काठमाडौं : उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध राप्रपाका नेताहरू निर्वाचन आयोग पुगेका छन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अध्यक्ष लिङ्देनले गिरीलाई शुक्रबार पार्टीको केन्द्रीय सदस्यसमेत नरहनेगरी पदमुक्त गरेका थिए।

अध्यक्षको उक्त निर्णयलाई मान्यता नदिन  राप्रपाका नेताहरू प्रकाशचन्द्र  लोहनी,धवल शमशेर राणा,कुन्ति कुमारी शाहीलगायत निर्वाचन आयोग पुगेका हुन्।

उनले पार्टी अध्यक्षको निर्णयले आफूलाई अन्याय भएको र आफ्नो राजनीतिक जीवनमा समेत अप्ठेरो पर्न सक्ने देखिएकाले आयोग आउन बाध्य भएको बताए। गिरीले एकपक्षीय रुपमा विधान विपरित भएका कारवाहीको निर्णय फिर्ता हुनुपर्ने र पार्टीलाई एकतावद्ध भएर अघि बढाउनुपर्नेमा जोड दिए।

पार्टीको विधानभन्दा बाहिर गएर पार्टीलाई नै क्षति पुर्‍याउने काम गरेको भन्दै अध्यक्ष लिङदेनले पार्टी प्रवक्ता सगुन लावती र  अनुशासन समितिको अध्यक्ष नवराज सुवेदीलाई समेत हटाएका छन्। उक्त निर्णयविरुद्ध सुवेदीले निर्वाचन आयोगमा उजुरी समेत दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.