नागरिकमा सिटी स्क्यान सेवा सुरु
भक्तपुर : भक्तपुरको नागरिक कम्युनिटी टिचिङ अस्पताल अत्याधुनिक सिटी स्क्यान सेवा सुरु भएको छ। वरिष्ठ डा भगवान कोईराला, डा भोला रिजाल, डा अर्जुन कार्की लगायतका चिकित्सकहरुको उपस्थितिमा सिटी स्क्यान मेसिनको उद्घाटन गरिएको हो।
सांसद दुर्लभ थापाले राजनीतिमा विभिन्न चाल चलेर जित्न सकिने तर स्वास्थ्यमा त्यो लागू नहुने भएकोले स्वास्थ्य क्षेत्रमा बलियो बनाउनुपर्ने बताउँछन्। साथै अहिले मुटुको समस्या तथा हृदयघातका कारण धेरै बिरामीले अकालमै ज्यान गुमाइरहेका छन्। सिटी स्क्यान मात्र नभइ मुटुका अन्य सेवाहरू पनि सुरु गर्न सांसद थापाले आग्रह गरे।
अस्पतालका अध्यक्ष राम शरण भण्डारीले समुदायलाई अत्याधुनिक प्रविधिमार्फत सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए। सिटी स्क्यान सेवा प्रारम्भ भएसँगै भक्तपुर जिल्ला बासी हृदयघात जस्तो प्राण घातक समस्याका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको पनि हल हुनेछ।
यस एन्जियो सिटीले नागरिक हस्पिटलमा मुटुको सिटी एन्जियोग्राम लगायत अन्य रोगको समयमै पहिचान, निदान र उपचार प्रक्रिया अझ प्रभावकारी र गुणस्तरीय बनाउने विश्वास लिएको छ। यस सेवाबाट विशेषगरी मस्तिष्क, छाती, पेट, हड्डी तथा अन्य जटिल स्वास्थ्य समस्याहरूको उच्चस्तरीय परीक्षण सहज रूपमा उपलब्ध हुनेछ।
१ महिनाको लागि सिटी स्क्यान १५ प्रतिशत छुटको व्यवस्था रहेको जनाए।
प्रतिक्रिया दिनुहोस !