विद्या भण्डारी च्यासल पुग्दा स्वागत गर्न पुगेका थिए सुरेन्द्र पाण्डे

विद्या भण्डारी च्यासल पुग्दा स्वागत गर्न पुगेका थिए सुरेन्द्र पाण्डे
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नेकपा एमालेको राजनीतिमा फर्किने घोषणा गरेको एक महिना नबित्दै विद्या भण्डारी पार्टी कार्यालय पुगेकी छन्। दुई पटक देशको गरिमामय पदमा आसीन भइसकेका व्यक्ति राजनीतिमा फर्किन हुने नहुने विषयले बहस छेडिरहेका बेला भण्डारी आइतबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पुगेकी हुन्।

भण्डारी पार्टी कार्यालयमा जाने विषयले आइतबार विहानदेखि एमाले जगतमा तरंग पैदा गरेको थियो। दुईपटक पूर्वराष्ट्रपति भइसकेका व्यक्ति पार्टी कार्यालय पुग्दा ठूलै भीडभाडको अपेक्षा पनि एमाले जगतले अनुमान गरेको थियो। तर, साढे ३ बजेतिर विद्यादेवी भण्डारी च्यासल पुग्दा स्वागत गर्नेहरूको लर्को खासै देखिएन। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र कार्यालय सचिव डा. भीष्म अधिकारी स्वागत गर्न पुगेका थिए। उनीहरूले भण्डारीलाई नमस्ते गरेर स्वागत गर्न भने भ्याए।

त्यसको आधा घण्टापछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय पुगेका थिए। पार्टी कार्यालयमा अध्यक्ष ओली र भण्डारीबीच सदस्यता नवीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ।

विशेषतः एमालेको सचिवालय र पोलिटब्युरो बैठकमा उठेका सवालका विषयमा उनीहरूबीच छलफल हुने बताइएको छ।

भण्डारीले यसअघि नै आफूले एमालेको सदस्यता नवीकरण गरेको दाबी गरेकी थिइन्। तर, अध्यक्ष ओलीले भण्डारीको सदस्यता अझै नवीकरण नभएको बैठकमा बताएका थिए। अध्यक्ष ओलीले देशकै सर्वोच्च पदमा पुगिसकेको व्यक्ति राजनीतिमा फर्किनु गम्भीर रहेको बैठकमा ब्रिफिङ गरेका थिए।

अध्यक्ष ओलीको उक्त भनाइपछि बैठकमा चर्काचर्कीको अवस्था पनि सिर्जना भएको स्रोतहरूले दाबी गरेका छन्। भण्डारी पक्षधरका नेताहरूले सदस्यता नवीकरण गरेर राजनीतिक बाटो खुला छोड्नुपर्ने बताएका थिए। जबकि ओली पक्षधरका नेताहरूले सदस्यता नवीकरण गर्न नहुने बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.