ठेलागाडा र बस ठोकिएपछि चालक र सहचालकबीच कुटाकुट

ठेलागाडा र बस ठोकिएपछि चालक र सहचालकबीच कुटाकुट
सुन्नुहोस्

भक्तपुर : अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सूर्यविनायक घलाटेमा आइतबार दुर्घटनापछि कुटपिट भएको छ। ठेलागाडा र बस एक आपसमा ठोकिएर दुर्घटना हुँदा दुई पक्षबीच कुटाकुट भएको हो।

प्रहरीका अनुसार ठेलागाडा अनियन्त्रित भइ बसमा ठोकिएपछि बसचालक र सहचालकले ठेलागाडा चालकलाई कुटपिट गरेका थिए। काभ्रेको पनौतीबाट काठमाडौं जाँदै गरेको गाडीमा प्यासेन्जर चढाउन रोक्दै गरेको गाडीलाई फुलको गमला बेच्ने ठेलागाडा गाडी आफै अनियन्त्रित भएर पांग्रामा ठोकिएको थियो। 

ठेलागाडा चालक आशिष श्रेष्ठले गाडीका सहचालकलाई गमलाले हानेका प्रत्यक्षदर्शीले बताएका छन्। चालकसँग भनाभन गरी स्टेरिंगमा रहेको चालकलाईसमेत ठेलागाडा चालक श्रेष्ठले कठालो समातेपछि कुटाकुटको अवस्था सिजना भएको प्रहरीको भनाइ छ। ठेलागाडा चालक र गाडी चालकको विवाद भइरहेको बेला गाडा आफै गुडेर बसमा ठोकिएको हो। 

कुटपिटपछि ठेलागाडा चालक घाइते भएका छन्। उनलाई भक्तपुर अस्पतालमा उपचारको लागि लगिएको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार घाइते खतरामुक्त छन्। 

महागनरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डीएसएपी ढुण्डीराज नेउपानेले घटनापछि गाडी चालक उज्जवल महत र घटनामा संलग्न सेक अक्टर हुसेनलाई महानगरी प्रहरी वृत जगाती भक्तपुरमा राखिएको छ। गाडीको सहचालक भने फरार रहेका छन्।

प्रहरीका अनुसार आशिष र सेक अक्टरले अत्याधिक मात्रामा मद्यपान गरेको पाइएको छ। यसअघि पनि एउटा मोटरसाइकलसँग ठेलागाडा चालक आशिषसँग विवाद हुने गरेको थियो। ठेलागाडा चालक आशिष श्रेष्ठ र सेक अक्टर हुसेन स्थायी घर पर्सा भइ हाल चुनदेवीमा बसोबास गर्दै आएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.